November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

देउवा-प्रचण्ड भेट सकियो, धारा ७६ (२) अनुसारको सरकारको दाबी गर्ने

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएको छ।

भेटमा उनीहरूबीच संविधानको धारा ७६ (२) अनुसारको बहुमतको सरकार दाबी गर्ने सहमति भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयभित्रै सरकारको दाबी गर्ने सहमति भएको प्रचण्डनिकट एक नेताले बताए।

राष्ट्रपति भण्डारीले दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदैछ। देउवा र दाहालबीच त्यसअघि नै शितलनिवासमा सरकारको दाबी पेश गर्ने र जसपासँग मिलेर अघि बढ्ने समझदारी भएको तीन नेताले बताए।

Advertisement

विपक्षी गठबन्धनसँग स्पष्ट रुपमा बहुमत भने देखिएको छैन। जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतो आफूनिकट सांसद लिएर भक्तपुरको एक रिसोर्टमा बसेका छन्।  उक्त छलफलपछि ठाकुर अहिले मिटिङमा जाने भन्दै बाहिर निस्केका छन्।

बिहान कांग्रेस सभापति देउवासँग दुवै नेताले छलफल गरेका थिए। देउवासँगको छलफलपछि उनीहरु भक्तपुर पुगेका थिए। अहिले जसपा दुईधारमा बाँडिदा बहुमतको सरकार दाबी गर्न कांग्रेस-माओवादीलाई समस्या भइरहेका छ।