November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

एमाले विवाद सुल्झाउन ९ सदस्यीय कार्यदल गठन

काठमाडाैं : नेकपा एमालेभित्र देखिएको विवाद अन्त्यका लागि ९ सदस्यीय कार्यदल गठन गरिएको छ।

जसमा ओली पक्षबाट अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, नेता सुवास नेम्वाङ सदस्य छन् भने खनाल–नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट समावेश रहेका नेता विष्टले जानकारी दिए। 

स्राेतका उनका अनुसार कार्यदलमा पछि दुई जना पछि थप्ने पनि सहमति भएको छ

Advertisement

आजै बूढानीलकण्ठमा भएको भेट वार्तामा नेता माधव नेपाल र प्रधानमन्त्री ओलीबीच चार घण्टा छलफल भएको थियो। छलफलपछि बाहिरिँदै नेता नेपालले आफूहरुको राजीनामा तत्काललाई टरेको बताएका थिए।

नेपाल समूहको राजीनामा रोकिएसँगै बहुमतसहितको नयाँ सरकार गठनको सम्भावना पनि टरेको थियो।