November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

केपी शर्मा ओलीले तेस्राे पटक प्रधानमन्त्रीकाे शपथ लिदैँ

काठमाडौं :  नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज तेस्रो पटक प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गर्दै छन्। 

उनको आज दिउँसो साढे २ बजे शपथ ग्रहण हुने  हुने शीतलनिवासले जनाएको छ।  यसअघि वैशाख २७ गते प्रतिनिनिधिसभाबाट विश्वासको मत गुमाएपछि उनी पदमुक्त भएका थिए। 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम २०७४ फागुन ३ गते ओली दोश्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिए। यस अघि २०७२ मा उनी पहिलो पटक प्रधानमन्त्री बनेका थिए। ओली नेकपा (एमाले)का वर्तमान अध्यक्ष हुन्।

Advertisement