November 9, 2026, Monday
२०८३ कार्तिक २४
1:37:26 pm

देशका ७३ जिल्लामा निषेधाज्ञा

काठमाडौं– देशका ७३ जिल्लामा निषेधाज्ञा लगाइएको गृहमन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार खोटाङ, तेह्रथुम, पूर्वी रुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

कोरोना (कोभिड–१९) संक्रमण महामारीको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण र व्यवस्थापनका लागि निषेधाज्ञा जारी गरिएका जिल्लाहरूको सङ्ख्या ७३ पुगेको हो। 

सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा कार्यान्वयनमा थप कडाइ गर्नसमेत गृह मन्त्रालयले निर्देशन दिएको छ।

Advertisement

केही जिल्लामा पूर्ण निषेधाज्ञा लगाइएको छ भने केहीमा  निश्चित क्षेत्र तोकेर निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञा नै कोरोना सङ्क्रमण नियन्त्रणको महत्त्वपूर्ण विकल्प भएकाले मन्त्रालयले जनाएको छ।

यसअघि गृह मन्त्रालयले काठमाडौँ उपत्यकालगायत तराईका जिल्लामा पाँच सय र पहाडी जिल्लाहरूमा दुई सयभन्दा बढी सङ्क्रमित फेला परेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निषेधाज्ञा जारी गर्ने अधिकार दिएको थियो।