August 30, 2026, Sunday
२०८३ भाद्र १४
1:37:26 pm

इजरायल र प्यालेस्टाइनबीच जारी युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपतिको आग्रह

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबिच जारी युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।

राष्ट्रपति बाइडेनले दुबै देशका नेताहरुसँग टेलिफोन संवाद गरी तत्काल हिंसा अन्त्यका लागि आह्वान गरेका हुन्।

बाइडेनले इजराइली राष्ट्रपति बेन्जामिन नेतान्याहु र प्यालेस्टीनी नेता महमुद अब्बासँग छुट्टछुट्टै फोन वार्ता गरेका थिए।

Advertisement

इजरायल र प्यालेस्टाइनबीचको विवादास्पद क्षेत्रमा विगत केही दिनदेखि युद्ध जारी छ।

पछिल्लो पटक इजरायली सेनाले प्यालेस्टाइनको एउटा शरणार्थी शिवरमा आक्रमण गरेको थियो।

यसैगरी प्यालेस्टाइनमा विदेशी मिडियाहरुको कार्यालय रहेको टावरलाई पनि इजरायलले ध्वस्त बनाइदिएको छ।