August 30, 2026, Sunday
२०८३ भाद्र १४
1:37:26 pm

इटालीमा केबलकार दुर्घटना हुँदा १४ जनाको मृत्यु

काठमाडौं– इटालीको उत्तरी क्षेत्रमा रहेको पिडमोन्टस्थित माजीओरी तालनजिकै केबल कार खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको भएको छ। उद्धार कार्यमा संलग्न अधिकारीहरूले आइतबार जनाएका छन् ।

दुर्घटनामा परी एक बालक गम्भीर घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

स्ट्रेसा बजारबाट यात्रुलाई आइतबार पिड्मोन्ट क्षेत्रको मोतारोनी माउन्टेन लैजाने क्रममा केवलकार दुर्घटना भएको हो। 

Advertisement

ज्यान गुमाउनेमध्ये पाँच जना इजारायली रहेको बताइएको छ।

दुर्घटनाको कारण खुलेको छैन। केवलकार झण्डै २० मिटर तल जमिनमा खसेको थियो।