November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा रिट दायर गर्ने १४६ सांसद [सूचिसहित]

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा गरेको प्रतिनिधि सभा विघटनविरुद्ध प्रतिनिधि सभाका बहुमत सांसदहरुले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष) र राष्ट्रिय जनमोर्चाका नेताहरुले सोमबार रिट दायर गरेका हुन्।

कांग्रेसका ६१, माओवादीका ४९, माधवकुमार नेपाल पक्षका २३, जसपाका बाबुराम भट्टराई तथा उपेन्द्र यादव पक्ष १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदले रिट दायर गरेका हुन्। रिटमा १४६ जना सांसदहरुकै नागरिकताको प्रमाण पत्रको प्रतिलिपी पनि पेश गरिएको छ।

Advertisement

रिटमा जेठ ७ गते मध्यराति बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटनको निर्णय खारेजीको माग गरिएको छ। 

यस्तै, संविधानको धारा ७६ को उपधारा (५) अनुसार सरकार गठनको आह्वान हुँदा १४९ जना सांसदसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको मागसमेत गरिएको छ।

यी हुन् रिट दायर गर्ने १४६ सांसद :

https://drive.google.com/file/d/1Bw5nMjQ68ExzaVzXhmYuyEdHn_IQeT8O/view