August 30, 2026, Sunday
२०८३ भाद्र १४
1:37:26 pm

कोरोनाको दोस्रो लहरले भारतमा ५९४ जना डाक्टरको मृत्यु

भारत– कोरोनाको दोस्रो लहरका कारण भारतमा ५ सय ९४ जना डाक्टरको मृत्यु भएको छ।

न्यूज एजेन्सी (एएनआई)ले भारतीय मेडिकल एसोसिएशनलाई उदृत गर्दै जनाएका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएपछि संक्रमणका कारण भारतमा ५९४ चिकित्सकको मृत्यु भएको हो।

सबैभन्दा बढी मृत्यु राजधानी दिल्लीमा भएको छ। देशको राजधानीमा कोरोनाका कारण १०७ जना डाक्टरको मृत्यु भएको जनाइएको छ।

Advertisement

दोस्रो स्थानमा बिहार रहेको छ जहाँ कोरोनाका कारण ९६ जना चिकित्सकको मृत्यु भएको छ। त्यस्तै उत्तर प्रदेशमा ६७ जना डाक्टरले कोरोनाका कारण ज्यान गुमाएका छन्।