November 10, 2026, Tuesday
२०८३ कार्तिक २५
1:37:26 pm

प्रदेश २ मा केन्द्रीय गठबन्धनअनुसार नै कांग्रेस सत्ता साझेदारी गर्न तयार

जनकपुरधाम : नेपाली कांग्रेसले प्रदेश २ मा केन्द्रमा भएको गठबन्धनअनुसार नै अघि बढ्ने भएको छ। नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादवले केन्द्रीय गठबन्धनअनुसार नै प्रदेशमा पनि मिलेर जाने भनी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल भएको बताए। कांग्रेस नेता यादवले जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि सत्ता साझेदारीको विषयमा छलफल भएको उनले बताए। 

सत्ता साझेदारीका लागि उचित निर्णय लिने अधिकार कांग्रेसले संसदीय दलको नेता रामसरोज यादवलाई नै दिएको छ। कांग्रेसको प्रदेश २ को संसदीय दलको आज आइतबार बसेको बैठकमा सत्ता साझेदारीको विषयमा निर्णय गर्ने अधिकार नेता यादवलाई प्रदान गरेको हो।

नेता यादवले आफूलाई नै संसदीय दलको बैठकले निर्णय गरेर सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम, बजेट र सत्ता साझेदारीबारे आवश्यक निर्णय लिने अधिकार प्रदान गरेको बताए।

Advertisement

प्रदेश २ कांग्रेसको भूमिका प्रदेश २ मा नीति तथा कार्यक्रम पारित, नयाँ सत्ता समीकरणका लागि निर्णायक देखिएकाले जसपा कांग्रेससँग सत्ता साझेदारीका लागि निरन्तर छलफलमा छ भने कांग्रेस पनि कसरी र कुन आधारमा सरकारमा सहभागिता जनाउने विषयमा लगातारको आन्तरिक छलफलमा छ।