September 1, 2026, Tuesday
२०८३ भाद्र १६
1:37:26 pm

गण्डकी सरकारको नीति तथा कार्यक्रमः स्वास्थ्य, पर्यटन, कृषि र पूर्वाधार प्राथमिकतामा

गोरखा : गण्डकी प्रदेश सरकारले स्वास्थ्य, पर्यटन, कृषि र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७७ ०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार पोखरा सभागृहमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। बजेटको प्राथमिकता र सिद्धान्त भने यसअघि नै निवर्तमान अर्थमन्त्री किरण गुरुङले संसदमा प्रस्तुत गरिसकेका थिए।

बजेट असार १ गते ल्याउनैपर्ने बाध्यकारी व्यवस्था भएकाले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकारले नीति तथा कार्यक्रम सोमबार नै प्रस्तुत गरेको हो।

Advertisement

कोभिड नियन्त्रण, विभिन्न पूर्वाधार निर्माण, प्रदेशका विभिन्न जिल्लास्थित रहेका अस्पतालहरूको विशिष्टिकरण, विश्वविद्यालय निर्माण लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा छन्।