November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

प्रहरीमा फेरि थपियो एआईजीको दरबन्दी, डीआईजी सहकुल थापालाई बढुवा गर्न सिफारिस

काठमाडौं– नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापा अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन्।

सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले थापालाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो। 

यसअघि नेपालमा प्रहरीमा प्राविधिक समेत गरी ५ जनाको एआईजीको दरबन्दी रहेकोमा बढाएर ६ जना पुर्‍याइ थापाको बढुवा सिफारिस गरिएको हो।

Advertisement

प्रहरीमा यसअघि जनपद समूहतर्फ ४ र प्राविधिक (नेपाल प्रहरी अस्पताल)मा १ गरी ५ जना एआईजीको दरबन्दी थियो। 

मन्त्रिपरिषद्को बैठकले प्रहरीमा एआईजीको दरबन्दी थपेर ५ बनाउने निर्णय गरेको थियो। 

प्रहरीमा जनपद समूहतर्फ अहिले हरि पाल, निरज शाही, प्रधुम्न कार्की र विश्वराज पोखरेल एआईजी छन्। ३ जना एआईजीहरु पाल, शाही र कार्की महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीकै ब्याची हुन्। ३० वर्षे सेवाअवधि पूरा गरी ३ जना एआईजी पनि आईजी थापा क्षेत्रीसँगै सेवा निवृत्त हुनेछन्। 

भावी आईजीका लागि भने पोखरेल र बढुवा सिफारिसमा परेका थापाबीच प्रतिस्पर्धा हुने देखिन्छ। पोखरेल र थापा एउटै ब्याची हुन्। पोखरेललाई पनि यसअघि दरबन्दी नै थपेर एआईजीमा बढुवा गरिएको थियो।