November 11, 2026, Wednesday
२०८३ कार्तिक २६
1:37:26 pm

आज यी नदीमा बाढीको सम्भावना (सूचीसहित)

काठमाडौं- आज कोशी र नारायणीका केही सहायक नदीहरु तथा पूर्वी राप्ती, कमला, बागमती र कन्काई जलाधारका केही सहायक नदीहरुमा मध्यमदेखि भारी वर्षा भइ बहाब उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहानको मापन अनुसार कोशी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब स्थिर अवस्थामा रहेको तथा नारायणी र यसका सहायक नदीमा बहाब बढ्दो क्रममा रहेको छ। बहाब बढ्दो क्रममा रहेपनि यी नदीहरुमा बहाव सतर्कता तह भन्दा तलै छ। 

आज कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य रहने, तमोर, भोटेकोशी, सुनकोशी लगायत कोशीका सहायक नदीहरु, तथा त्रिशुली, बुढिगण्डकी, कालिगण्डकी, मार्स्याङदी लगायत नारायणीका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ।

Advertisement

त्यस्तै पश्चिम राप्ती, बबईमा बहाब सामान्य रहने, पूर्वी राप्ती, कमला, बागमती र कन्काई जलाधारका केही सहायक नदीहरुमा मध्यमदेखि भारी वर्षा भई बहाब उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्न सक्ने पुर्वानुमान छ।

आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, धनकुटा, भोजपुर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, बागमती प्रदेशको काठमाडौ, धादिङ, मकवानपुर, चितवन, सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पर्वत, कास्की, बागलुङ, नवलपुर र लुम्बिनी प्रदेशको नवलपरासी, दाङ, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा र आसपास जिल्ला भई बहने स-साना नदीजलाधारमा बहाव केही बढ्ने र केहीमा आकस्मिक बाढी आइ सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ। 

मनसुन सक्रिय बनेकाले आजदेखि भारी वर्षाको सम्भावना रहेकोले नदी तटीय क्षेत्रमा थप सतर्कता अपनाउ आग्रह गरिएको छ।