November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

देउवा सरकारका चार मन्त्रीले लिए सपथ

काठमाडौं – नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त कांग्रेस सभापति समेत रहेका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट दुई–दुई जना मन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका छन् । यस्तै माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा) भने अहिले सरकारमा नजाने भएको छ ।

Advertisement