काठमाडौं – संघीय संसद्का सांसद तथा कर्मचारीहरुको कोभिड–१९ परीक्षण गरिने भएको छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैतर्फका सांसद, मर्यादापालक तथा कर्मचारी गरी करिब सात जनाको कोभिड परीक्षण गराउने तयारी गरिएको हो । शुक्रबार बिहान साढे १० देखि अपराह्न ४ बजेसम्म उनीहरुको एन्टिजेन विधिबाट परीक्षण गर्न लागिएको जनाइएको छ ।
सर्वोच्च अदालतले पुनः स्थापित प्रतिनिधिसभाको बैठक आगामी साउन ३ गते बोलाउन आदेश दिएको छ । अदालतले संसद अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश दिएको हो । संसद वैठकलाई मध्यनजर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहीबार) मन्त्रिपरिषद वैठक बोलाएका छन् । आजको वैठकमा संसद वैठक सञ्चालनको विषय पनि छलफलको एजेण्डा रहेको जनाइएको छ ।