November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

पुन:स्थापित प्रतिनिधि सभाको बैठकमा ओली अनुपस्थित

काठमाडौं । पुनःस्थापित प्रतिनिधि सभाको पहिलो बैठकमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उपस्थिति भएनन् ।

सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनःस्थापना भएसँगै नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लागेका छन् ।

संसद् सचिवायमा कार्यरत कर्मचारीहरूले यो समाचार तयार पार्दासम्म ओलीलाई नदेखेको जानकारी दिए ।

Advertisement

देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । यसअघिको पनि पुनःस्थापित प्रतिनिधि सभामा ओली गएका थिएनन् । बैठक बस्नुअघि र पछि संसद् भवनमा आएपनि उनी बैठकमा बसेका थिएनन् ।

सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुर्नस्थापना गरेपछि पहिलोपल्ट आइतबार प्रतिनिधि सभा बैठक बस्न लागेको हो ।