काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । ५१ सदस्यी कार्यकारिणी समितिका ३४ जनाले हस्ताक्षर गरेपछि आयोगले जसपाको आधिकारिकता यादव पक्षलाई दिएको हो ।
तर यादव पक्षलाई आधिकारिकता दिएको निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार १६ जनाले हस्ताक्षर गरेको महन्थ ठाकुर पक्षलाई अर्को छुट्टै दल गठन गर्न दिने निर्णय भएको हो ।