November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

जसपा विवादमा निर्वाचन आयोगको १९ पन्ने फैसला (पूर्णपाठ)

काठमाडौं- जनता समाजवादी पार्टीको विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न दिने भएको छ ।

५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले हस्ताक्षर गरेपछि जसपाको आधिकारिकता यादव पक्षले पाएको छ । १६ जनाले हस्ताक्षर गरेको महन्थ ठाकुर पक्षलाई अर्को छुट्टै दल गठन गर्न दिने निर्णय भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

उक्त सनाखतमा यादव पक्षमा करिब दुई तिहाइ बहुमत पुगेको हो । जसपाको आधिकारिकता विवाद निरुपणका लागि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित ५ जना आयुक्तको इजलास बसेको थियो ।
यस्तो छ पूर्णपाठ

Advertisement

https://drive.google.com/file/d/1Py91CEr8scC94n_ZW0I_8HswnWqS4HFL/view