November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

पूर्वमाओवादी नेताहरुको रिट न्यायाधीश खतिवडाको इजलासमा

काठमाडौं– सांसद पदमा पुनर्बहालीको मागदाबीसहित नेकपा एमालेका ४ जना (पूर्वमाओवादी) नेताहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथिको सुनुवाइ न्यायाधीश ईश्वर खतिवडाको एकलइजलासमा तोकिएको छ।

यसअघि दुई पटक पेसी तोकिए समयाभाव भएकाले हेर्न नभ्याइने सूचीमा परेपछि आज पुनः सुनुवाइ तोकिएको हो।
पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले  बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्चमा दायर गरेको रिटमा पूर्वमाओवादी नेताहरुले आफूहरु आधिकारिक रुपमा एमाले प्रवेश नगरेको र माओवादी केन्द्रले सफाइको मौका समेत नदिइ सांसद पदबाट कारबाही गरेको जिकिर गर्दै आफूहरुमाथि गरिएको कारबाही खारेज हुनुपर्ने मागदाबी गरेका छन्। 

Advertisement