November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सत्ता गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा जारी

काठमाडौं–सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनका लागि सत्ता गठबन्धनको कार्यदलको बैठक बसिरहेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार विहान ९ बजेबाट सुरु भएको बैठकले यसअघि बनाइएको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तयारीले एक सदस्यले बताए। कार्यदलको यसअघिको बैठकले सरकारका प्राथमिकता र मन्त्रीहरूका लागि आचारसंहिता बनाएको छ।

साझा कार्यक्रमलाई अन्तिम रुप दिएर गठबन्धनका शीर्ष नेताहरुसँग परामर्श गरेपछि प्रतिवेदन सार्वजनिक गर्ने कार्यदलको तयारी छ।

Advertisement

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी छन्।