November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

बालुवाटारमा सत्तारुढ गठबन्धन कार्यदलको बैठक जारी

काठमाडौं – सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि, सरकार सञ्चालन आचार संहिता बनाउने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदलको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले आज (बिहीबार) प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी गरेको बताइएको छ । मंगलबार साँझ बालुवाटारमा बसेको शीर्ष नेताहरूको बैठकले बुधबार नै प्रतिवेदन बुझाइसक्न कार्यदललाई निर्देशन दिएको थियो ।

तर कार्यदलले प्रतिवेदन तयार पारेर बुझाउन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको छ । कार्यदलले प्रतिवेदन बुझाएपछि मन्त्रिपरिषद् विस्तारको काम अघि बढ्ने सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

Advertisement

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । तर, न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न ढिलाइ हुँदा मन्त्रिमण्डल विस्तारमै ढिलाइ भइरहेको छ । प्रधानमन्त्री बनेको महिना दिन पुग्न लाग्दा समेत मन्त्रिमण्डल विस्तार गर्न नसकेको भन्दै देउवाको आलोचना शुरु भइसकेको छ ।