November 13, 2026, Friday
२०८३ कार्तिक २७
1:37:26 pm

भूमि आयोग खारेजीविरुद्ध देवी ज्ञवालीले सर्वोच्चमा दायर गरे रिट

काठमाडौं– भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

विघटित आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।

ज्ञवालीले आइतबार दर्ता गराएको रिटको प्रारम्भिक सुनुवाइका लागि सोमबार पेसी तोकिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ। 

Advertisement