November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ, यी काम गर्न नपाइने

काठमाडौं- काठमाडौं उपत्यकामा आज (बिहीबार) देखि भदौ ८ गतेसम्मलाई निषेधाज्ञा थपिएको छ । कोरोना भाइरस संक्रमित हुनेको संख्या ह्वातै बढ्न थालेपछि निषेधाज्ञालाई यसअघि भन्दा कडा पारिएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूबीच मंगलबारको संयुक्त बैठकपछि जारी आदेशअनुसार राति ८ बजेपछि अत्यावश्यक बाहेकका गाडी चलाउन पाइने छैन ।

सर्वसाधरणको आर्थिक जनजीवनलाई सरल बनाउन निषेधाज्ञालाई केहि खुकुलो गरिएको भए पनि लापरवाही बढेको ठहर गर्दै थपिएको अवधिमा कडाइ गर्नुपरेको स्थानीय प्रशासनले जनाएको छ ।

Advertisement