August 31, 2026, Monday
२०८३ भाद्र १५
1:37:26 pm

आज यी नदीमा बाढीको सम्भावना

काठमाडौं- आज कोशी, नारायणी, कर्णालीका सहायक नदीहरुमा बहाव बढ्ने तथा महाकालीका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने सम्भावना रहेको छ। त्यस्तै  मझौला नदीहरु कन्काई, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती र बबईमा बहाव बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेको जल तथा मौसम विज्ञान अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 


आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली नदीहरुमा बहाव सामान्य रहेको तथा सबैमा सतर्कता तह भन्दा तलै रहेको छ। 

आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर,खोटाङ, भोजपुर, धनकुटा, संखुवासभा, ताप्लेजुङ, प्रदेश २ को पर्सा, बारा,रौतहट, महोत्तरी, धनुषा, सिराहा, सप्तरी तथा बागमती प्रदेशको सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, काठमाडौँ उपत्यका, मकवानपुर, चितवन, सिन्धुली; गण्डकी प्रदेशको नवलपुर, तनहुँ, स्याङ्जा, पर्वत, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, लुम्बिनी प्रदेशको नवलपरासी, पाल्पा,रुपन्देही, कपिलबस्तु, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया; कर्णाली प्रदेशको सर्खेत, कालिकोट, दैलेख, जाजरकोट र सुदूरपश्चिम प्रदेशको कन्चनपुर, कैलाली, दार्चुला, अछाम, बाजुरा र आसपासका जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावको पूर्वानुमान रहेको महाशाखाले जनाएको छ। 

Advertisement