काठमाडौं– सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी सबैभन्दा ठूलो दल बनेको छ। सोमबार नेकपा एमालेकी प्रदेशसभा सदस्य माया तामाङ बोहराले एकीकृत समाजवादीमा सनाखत गरेपछि सुदूरपश्चिम प्रदेश सभामा उक्त दलका प्रदेश सभा सदस्यहरुको संख्या १४ पुगेको छ।
एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्ता पूर्णा जोशीले सोमबार थप एक सांसदले पार्टका पक्षमा सनाखत गरेको जानकारी दिइन्। ‘हामी प्रदेशमा सबैभन्दा ठूलो दल बनेका छौं,’उनले भनिन्,‘भोलि अन्तिम दिनसम्म सनाखत गर्ने सांसदको संख्या थपिन सक्छ।’
सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेका सांसद संख्या अब १० जना मात्रै रहेको छ।