काठमाडौं – सरकारले चालु आर्थिक वर्षको बजेटबाट चालु खर्चतर्फ बजेट कटौती गर्दै खोप खरिद गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई बजेट अध्यादेश प्रतिस्थापन विधेयक मार्फत संशोधन गर्दै चालु खर्चतर्फ बैठक भक्ता, इन्धन, मर्मत, कर्मचारी तालिम, सिप विकास तथा जनचेतना तालिम र गोस्टी सम्बन्धी खर्च, अनुगमन मूल्याङ्कन खर्च, भ्रमण खर्च, र विविध कार्यक्रम खर्चमामा न्यूनतम १० प्रतिशतका दरले बजेट कटौती गरेको अर्थमन्त्री शर्माले बताए । यसरी खर्च कटौती गर्दा तत्काल बचत हुने देखिएको ५ अर्ब कोभिड १९ खोप खरिदका लागि उपयोग गर्ने अर्थमन्त्री शर्माले बताए ।