काठमाडौं- सरकारले २०७८ चैतसम्म मेलम्ची खानेपानी आयोजनालाई पुनर्निर्माण गरिसक्ने घोषण गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा २०७८ चैत मसान्तसम्म काठमाडौंमा फेरि पानी झार्ने उल्लेख छ । अहिले मेलमचीमा आएको बढीले आयोजना रुग्ण बनेको छ । त्यसका लागि पर्याप्त बजेट व्यवस्था गरेको शर्माले जानकारी दिएका छन् ।
पाँच लाख गरीब परिवारमा प्रत्येकलाई १० हजार अनुदान दिइने
सरकारले कोभिड–१९ को प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका अनौपचारीक एवम् असंगठित क्षेत्रका गरीब र विपन्न करिब पाँच लाख परिवालाई राहत स्वरूप एक पटकका लागि १० हजार दिने घाषणा गरेको छ ।
बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री जनार्दन शर्माले उक्त घोषणा गरेका हुन् । निश्चित मापदण्डका आधारमा सरकाले उक्त सहयोग नगद अनुदानको रूपमा दिने उनले बताए । उक्त अनुदान स्थानीय तहको समन्वयनमा २०७८ असोज मसान्तभित्रै प्रदान हुने उनले बताए ।