November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टलाई कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले एमाले सांसद सोमप्रसाद पाण्डे र शारदा भट्टराई कारबाही प्रक्रिया अघि नबढाउन आदेश दिएको छ ।

एमालेबाट नेकपा (एकीकृत समाजवादी) मा आफूहरूको नाम अध्यावधिक गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका पाण्डे र भट्टको हकमा तत्काल कुनै कारबाही प्रक्रिया अगाडि नबढाउन सर्वोच्च अदालतले आइतबार आदेश जारी गरेको हो।

एमाले विभाजन गरी एकीकृत समाजवादी गठन गर्दा निर्वाचन आयोगले सनाखतमा समावेश नगराएको भन्दै आयोगको निर्णयविरुद्ध पाण्डे र भट्ट सर्वोच्च अदालत पुगेका थिए।

Advertisement

पाण्डे र भट्टले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काको इजलासले उनीहरूको हकमा तत्काल कुनै कारबाही अगाडि नबढाउन भनेको हो। दुवै पक्षलाई २९ भदौमा बोलाइएको छ ।