काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी गरेको छ । आजको बैठकमा सरकारमा मन्त्री पठाउने विषयमा छलफल हुने माओवादी स्रोतले जनाएको छ ।
सत्ता गठमन्धनमा सहभागी दलहरुमध्ये माओवादीले पनि सरकारमा मन्त्री पठाउने विषयमा टुङ्गो लगाउन नसक्दा अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता भएको छैन । आजै सरकारमा मन्त्री पठाउने विषयमा टुङ्गो लगाउने माओवादीको तयारी रहेको छ ।