July 8, 2026, Wednesday
२०८३ असार २४
1:37:26 pm

माओवादी केन्द्रमा एकै व्यक्ति दुईवटा कमिटीमा बस्न नपाउने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले एकै व्यक्ति दुईवटा कमिटीमा बस्न नपाउने निर्णय गरेको छ। बुधबार बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बताए।

केन्द्रीय कमिटीका सदस्यहरू प्रदेश कमिटीमा र प्रदेश सदस्य पालिकास्तरीय कमिटीमा बस्न नपाउने निर्णय भएको उनको भनाइ छ। 

बैठकले आगामी पुस ११ गतेदेखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनमा करिब १२ सय प्रतिनिधि सहभागी हुने आँकलन गरेको प्रमुख सचेतक स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए।

Advertisement

सम्मेलनमा स्कुल विभागले पेश गरेको प्रतिवेदनबारे छलफल हुने उनले बताए।