November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

मन्त्री छान्न नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दल नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

आज बिहान १० बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीले निश्चित मापदण्डका आधारमा मन्त्री छनोट गर्ने जनाएको छ । यसैबीच नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी आज समाजवादीमा प्रवेश गर्दैछन् ।

Advertisement

जोशीलाई अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराउँदै छन् । पुर्व वन मन्त्री समेत रहेका जोशी बझाङ क्षेत्र नं १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य चुनिएका थिए ।