November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

पारस शाहको शुभचिन्तक थिएँ, भेटघाट पछि झन् ठूलो प्रसंशक भएँ: भरतमणी पौडेल

काठमाडौं । कमेडी च्याम्पियन–२ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन् । दुईबीच भेट भएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । दुवैबीच एक घन्टा कुराकानी भएको थियो ।

पौडेलले केही दिनअघि भेटघाट भए पनि मंगलबार बिहान मात्र दुईबीच भेट भएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै पूर्वयुवराज शाह निकै रमाइलो भएको जानकारी दिएका छन् ।

पूर्वयुवराज पारस शाहकै क्यारिकेचर गरेर चर्चामा आउनुका साथै कमेडी चयाम्पियन विजेता बन्न सफल पौडेल र पारससँग शुक्रबार अपराह्न ५ बजेतिर शेर्पा मलस्थित ओपनियन रेस्टुरेन्टमा भेट भएको थियो ।

Advertisement

भरतमणी लेख्छन्

नमस्ते !
एकदमै खुसी छु केही दिन अघि पुर्वयुबराज पारस शाहसँग भेटघाट गर्ने अवसर मिल्यो , उहाँलाई भेट्न म र सुमन कोइराला दरबारमार्गको शेर्पा मलमा गएका थियौ । लगभग १ घन्टाको बसाइमा रमाइलो गफगाफ भयो । उहाको शुभचिन्तक थिए भेटघाट पछि झन् ठूलो प्रसंशक भएँ । साच्चै नै भन्ने नै हो भने उहाँ सारै रमाइलो साथी जस्तै हुनुहुदो रहेछ । यो अवसर मिलाइदिनु ुने मुनेन्द्र सरलाइ धेरै धेरै धन्यवाद ।