November 12, 2026, Thursday
२०८३ कार्तिक २६
1:37:26 pm

विप्लव नेतृत्वका नेता कार्यकर्ता रिहाइको लागि सरकारले गृहकार्य गरिरहेको छ : खाँण

२०७८ कार्तिक १३

काठमाडौं : कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाँणले जेलमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरूको रिहाइको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन्।

गृहमन्त्रीसमेत रहेका खाँण मुद्दा लागेका सो पार्टीका नेता, कार्यकर्ताहरूको मुद्दा फिर्ता लिने प्रक्रिया पनि कानुनी रुपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पारे।

एउटै बन्दीलाई ६–७ वटासम्म मुद्दा लागेको उल्लेख गर्दै उनीहरूलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरुसँग छलफल भइरहेको जानकारी समेत दिए। उनले सो पार्टीको मुद्दा लागेका, बन्दी जीवन विताईरहेकाहरूको संख्या एकीन गर्ने काम सरकारले गरिरहेको बताए।

Advertisement

सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएर मुलुकमा शान्ति स्थापना गर्न प्रतिवद्ध रहेको कार्यबहाक प्रधानमन्त्री खाँणको भनाई थियो। उनले भने, ‘मुद्दा लागेकाहरुलाई कानुनी प्रक्रियाबाटै मुद्दा टुंगियोस्, फिर्ता लिन सकियोस् र बन्दीहरू पनि प्रक्रियागत रुपमै मुक्त हुन भन्ने हाम्रो चाहना छ।

त्यसका लागि अहिले गृहकार्य भएको छ। महान्यायाधिवक्ता कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा उहाँहरू कति जना बन्दी हुनुहुन्छ ? र उहाँहरूको कानुनी अवस्था कस्तो छ ? त्यसबारेमा अब विशेषरुपमा रुपमा छलफल गरौं भनेका छौँ।’

बन्दीभन्दा पनि मुद्दा धेरै रहेको भन्दै उनले  सरकार सबै राजनीतिक पार्टीहरुसँग सम्वाद गर्ने, छलफल गर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएरै शान्ति स्थापना गर्न प्रतिवद्ध रहेको स्पस्ट पारे।