काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता पछि सत्ता गठबन्धनका दलहरूको बैठक बोलाइएको छ।
आज बिहान बालुवाटारमा भएको छलफलमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्ने सहमति बनेको हो। सोही अनुसार आज साँझ ५ बजेका लागि गठबन्धनको बैठक बोलाइएको बुझिएको छ।
बैठकमा न्यायालयमा देखिएको विवाद, गठबन्धन सरकारका काम र राजदूत नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको छ। त्यस्तै राष्ट्रियसभाको निर्वाचन, प्रदेशसभा र प्रतिनिधिसभाको रिक्त रहेका स्थानमा उपनिर्वाचन लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।
देउवा र प्रचण्डबीच पछिल्लो राजनीतिक अवस्था र सरकार सञ्चालनबारे छलफल भएको छ।