November 15, 2026, Sunday
२०८३ कार्तिक ३०
1:37:26 pm

प्रधानमन्त्री देउवाले आज नेपाल बार एशोसिएसनका पदाधिकारीसँग छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल बार एशोसिएसनका पदाधिकारीसँग छलफल गर्ने भएका छन् । चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएका उनिहरुलाई प्रधानमन्त्री देउवाले छलफलका लागि आज बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको स्रोतले जनाएको छ ।

गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई धाराण पत्र बुझाएको थियो । आज प्रधानमन्त्री देउवालाई पनि धारणापत्र बुझाउने उनिहरुको तयारी रहेको छ ।

Advertisement