काठमाडौं । उपत्यकासहित देशका अधिकांश स्थानमा पानी परिरहेको हुँदा हवाई उडानहरु प्रभावित भएका छन् ।
प्रतिकूल मौसम र कम भिजिबिलिटीका कारण उडानहरु प्रभावित भएको एयरलाइन्स कम्पनीहरुले सूचना जारी गरेका छन् ।
विमानस्थल कार्यलयका अनुसार डोल्पा, लुक्ला, सिमिकोट लगायतका स्थानका सबै उडान रद्ध भएका छन् भने खराब मौसमका कारण पोखरा र नेपालगन्जको जहाजहरु उड्न सकेका छैनन् । अन्य गन्तव्यको उडान पनि ढिलो भएको छ ।
त्यस्तै सिमराबाट काठमाडौंका लागि उडेको एती एयरलाइन्सको एक जहाज मकवानपुर क्षेत्रको आकासमा केहीबेर फन्को मारेर काठमाडौं विमानस्थलमा अवतरण गरेको छ ।