November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

मेरो दस्तावेजलाई बन्दसत्रमा सहयोग नै पुग्नेगरि सुझाव आएको छ, बिवाद छैनः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बन्दसत्रमा फरक मत भनेर विवाद हुने बिषय नआएको दावी गरेका छन् ।

बिहीबार महाधिवेशनस्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै चण्डले बन्दसत्रमा आफ्नो प्रतिवेदनलाई सहयोग नै पुग्नेगरि सुझाव आएको र कुनै बिवाद नभएको भन्दै भ्रममा नपर्न आग्रह गरे ।

उनले आफ्नो दस्तावेजलाई परिमार्जन गर्न सहयोग पुग्ने ढंगले नै फरक मत र बिचार आएको जिकिर गरे । लेखनाथ न्यौपानेको फरक मत पनि आफुले हेरेको र आफुलाई सहयोग पुग्नेगरिनै सुझाव आएको उनको भनाई छ ।

Advertisement

समूहगत छलफलका सवै समूहले आफ्नो प्रस्तावलाई समर्थन गर्दै केहि परिमार्जन गर्न सुझाव दिएको उनले बताए ।

उनले शुक्रबार उठेका प्रश्नको जवाफ दिएर केन्द्रीय समितिको निर्वाचन हुने र त्यसपछि पदाधिकारीको निर्वाचन हुने जानकारी दिए । प्रचण्डले महाधिवेशन व्यवस्थीति र अनुशासित रुपमा अघि बढिरहेको जिकर गरे ।