November 14, 2026, Saturday
२०८३ कार्तिक २९
1:37:26 pm

एमसीसी विरुद्ध आइतबार २२ राजनीतिक दल तथा संघ संगठनहरुले विरोध प्रदर्शन गर्ने

काठमाडौं । एमसीसी सम्झौता विरुद्ध आइतबार २२ राजनीतिक दल तथा संघ संगठनहरुले व्यापक विरोध प्रदर्शन गर्ने भएका छन् । नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्वमा २२ दलहरुले माइतीघर मण्डलामा व्यापक विरोध प्रदर्शन गर्न लागेका हुन् ।

नेकपा क्रान्तिकारीका नेता सीपी गजुरेलले आज एक विज्ञप्ती जारी गर्दै पुस १८ गते बस्ने संसद बैठकमा एमसीसी कार्यसुचीमा पार्न दबाब दिएकोले त्यसलाई रोक्न प्रदर्शनको आयोजना गर्न लागेको बताएका छन् ।

गजुरेलले आइतबार दिउँसो २ बजे माइतीघर मण्डलामा उपस्थित भएर एमसीसी विरुद्ध आवाज उठाउन पनि सम्पूर्ण जनताहरुलाई आग्रह गरेका छन् ।

Advertisement