काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट आदिवासी जनजातितर्फ ४१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
आइतबार महाधिवेशनको बन्दसत्र हलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलितभित्र पनि विभिन्न क्लस्टरमा गरी ४१ जनाको नाम वाचन गरेका हुन् ।
जनजाति पुरुष ११ जना रहेका छन् । जसमा अजम्बर राई काङमाङ, रामकुमार राई, मानबहादुर बुढामगर, जीतबहादुर योन्जन, दीपेन्द्रकुमार पुन, तुलाराम घर्तीमगर, राजकाजी गुरुङ, परशुराम तामाङ, हितबहादुर तामाङ, दिलिप प्रजापति, छक्कबहादुर लामा रहेका छन् ।
जनजाति युवा ४ जना रहेका छन् । जसमा इन्द्र आङ्बो, हेमकुमार राई, डम्बर घर्तीमगर, नविन जिरेल रहेका छन् ।
त्यस्तै जनजाति महिला २२ जना रहेका छन् । जसमा अमृता थापा, ओनसरी घर्ती, कमला रोक्का, कुमारी मोक्तान, ताराकुमारी घर्ती, दुर्गा जयन्ती राई, पार्वती थापा, शशी श्रेष्ठ, लक्ष्मी लामा, सोमती तमु, होमकुमारी खापुङ, सीता थेबे, मणि खुम्बु किराँती, पी घर्ती, लक्ष्मी पुन, मिना तामाङ, सरिता महर्जन, प्रतिमा श्रेष्ठ, उर्मिला लामा, लक्ष्मी गुरुङ, लालकुमारी पुन, माया बल रहेका छन् ।
त्यस्तै जनजाति युवा महिला ४ जना रहेका छन् । विना मगर, आर तामाङ, ममता ताजपुरिया, कमला दोङ रहेका छन् ।