November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

प्रधानमन्त्री देउवाको पहिलोपटक सचिवहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारका सचिवहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले बुधबार सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वन सम्वन्धमा छलफल गरेका हुन् ।

देउवाले प्रधानमन्त्री भएपछि पहिलोपटक सचिवहरुसँग छलफल गरेका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री देउवाले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका छन् ।

उनले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वनमा सचिवहरूलाई निर्देशन दिएका थिए ।

Advertisement