काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र बनाइएको संरचना हटाएरै छाड्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार निजगढ बिमानस्थलका बिषयमा बसेको सर्वदलिय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ओलीले व्यापारिक हिसावले बनाइएको संरचना हटाएरै छाड्ने बताएका हुन् ।
मन्त्री आलेले एक पटकका लागि मात्रै नभएर सदाका लागि संग्रहालय परिसरभित्र कुनै व्यापारिक संरचना राख्न नदिने स्पष्ट पारे ।
यस्तै, उनले सर्वदलिय बैठकमा निजगढ बिमानस्थल निर्माणलाई अघि बढाउन प्रधानमन्त्रीलगायत सबै दल सहमत भएको जानकारी दिए ।
काठमाडौं विमानस्थलको विकल्पको रुपमा निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्ने भन्दै उनले आठ हजार ५० हेक्टर जमिन बिमानस्थलको नाममा आइसकेको जानकारी दिए ।
त्यस्तै, मन्त्री आलेले विमानस्थल नजिकको नदी संरक्षणका साथै टाङ्गीया वस्ती स्थानान्तरण गरिने बताउदै विमानस्थललाई अघि बढाउनका लािग विभिन्न मोडलमा छलफल भइरहेको जानकारी गराए ।