November 11, 2026, Wednesday
२०८३ कार्तिक २५
1:37:26 pm

प्रदेशको राजधानी वीरगन्जमा बनाउन माग गर्दै प्रदर्शन

पर्सा : वीरगन्जलाई प्रदेशको राजधानी बनाउन माग गर्दै खबरदारी जुलुस निकालिएको छ।

प्रदेश २ का मुख्यमन्त्री लालाबु राउतको गृहनगरसमेत रहेको वीरगन्जमा ‘मुख्यमन्त्री चाहिँदैन वीरगन्ज बेच्न पाइदैन’ भन्दै खबरदारी जुलुस निकालिएको हो। खबरदारी जुलुस आदर्शनगरबाट सुरु भएर नगरपरिक्रमा गर्दै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

वीरगन्जवासीको तर्फबाट गरिएको खबरदारीमा लोकतान्त्रिक समाजवादीका अधिकांश नेता कार्यकर्ता सहभागी थिए। जुलुसमा प्रदेश २ का प्रदेशसभा सदस्य प्रहलाद गिरीको पनि सहभागिता थियो।

Advertisement

उनी पनि राजधानीको लागि जनकपुर हुन नहुने अडान राख्दै विगतदेखि विरोध आउँदै आएका छन्। प्रदेश २ को राजधानी र प्रदेशको नामबारे यति बेला सदन र सडकमा बहस चलिरहेको छ।

प्रदेशको नाम मधेश प्रदेश, मध्य मधेश प्रदेश, मिथिला, जानकी र भोजपुरा राख्न्पर्छ भन्दै सदनमा आवाज उठिरहेको छ। नाम र राजधानीका विषयमा सुझाव दिन प्रदेश २ का सभामुख सरोजकुमार यादवको नेतृत्वमा बनेको समितिले प्रदेश सभाषदहरूसँग छलफल गरिरहेको छ।

विगतका मधेश आन्दोलनमा मधेशवादी दलका अगुवा सबैले वीरगन्ज राजधानी हुन्छ भनेका थिए। तर व्यवहारमा भने उनीहरूले वीरगन्जलाई उपेक्षा गरेको वीरगन्जवासीको आरोप छ।