काठमाडौँ — सरकारी वकिलको कार्यालय काठमाडौंले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मै फर्काएको छ । भूमाफिया, व्यापारीदेखि उच्च पदस्थ सरकारी कर्मचारीसमेत जोडिएको हिनामिनामा सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने कारण देखाएर प्रतिवेदन सीआईबीमै फर्काएको हो ।
सीआईबीले मुलुकी अपराध संहिता २०७४ को दफा २ सय ७६ मा उल्लेखित सरकारी लिखतसम्बन्धी कसुरमा साढे ३ सय बढीलाई बिगो/कैद र जरिवाना मागदाबीसहित प्रतिवेदन केही दिनअघि सरकारी वकिलको कार्यालयमा पेश गरेका थिए । त्यसपछि सरकारी वकिलको कार्यालयले प्रतिवेदनबारे महान्यायाधिवक्ता कार्यालयसँग परामर्श गरेको थियो ।