November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

पर्यटन मन्त्री आले चढेको गाडी कैलालीमा दुर्घटना

धनगढी : संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ।

महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रमकालागि धनगढी बिमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी कैलालीको गेटामा दुर्घटनामा परेको हो।

सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बिश्व अधिकारीले पुष्टि गरेका छन्। धनगढी बिमानस्थलबाट मेन रोड क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई सो गाडीले ठक्कर दिएको हो।

Advertisement

गाईलाई ठक्कर दिएर अनियंत्रित भएको कारले आलेको गाडीलाई पनि ठक्कर दिएको प्रहरीले बताएको छ। गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगरमा गएका छन्। ठक्कर दिने गाडीमा सवार सबै सकुशल जनाइएको छ। गाडी चालक प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।