काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले २०७२ सालमा आएको महाभुकम्पपछिको अनुभवले त्यसपछि बनाएको संरचना बलियो र दृढ रुपमा भौतिक संरचना तथा भवन निर्माण भएको बताएका छन् ।
भूकम्प आएपछिका अनुभव र सबैको सहयोगबाट बलियो संरचना बनाउन सफल भएको देउवाले बताए । २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले भूकम्पपछि नेपालमा दक्ष जनशक्ति तयार भएकोसमेत बताए । उनले भने, ‘भूकम्पपछि हासिल गरेको अनुभव र सबैको सहयोगले बलियो र सुदृढ संरचना बनाउन सफल भएको छ ।’
साथै भूकम्पपछि विपद व्यवस्थापन, राहत तथा उद्धार र विपद प्रतिकार्यमा गर्नुपर्ने कामबारे अनुभव प्राप्त भएको प्रधानमन्त्री देउवाले बताए।
उनले भवनलगायत संरचना निर्माण गर्दा राष्ट्रिय भवन संहिताको पूर्ण पालना हुनुपर्ने पनि बताएका छन्। गुणस्तरीय भवन निर्माण गर्न स्थानीय तहले प्रभावकारी भूमिका खेल्नुपर्ने पनि उनले बताए।