November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरूबीच भएको झडपमा ६ राउण्ड अश्रुग्याँस प्रहार

जनकपुर । धनुषाको जनकपुरधाममा प्रहरी र जनमत पार्टीका कार्यकर्ताहरूबीच भएको झडपमा प्रहरीले ६ राउण्ड अश्रुग्याँस प्रहार गरेका छ । राष्ट्रियसभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरूलाई लाठी र अश्रुग्याँस प्रहार गरेको हो ।

स्रोतका अनुसार सामान्य झडप भएको ६ राउण्ड अश्रुग्याँस प्रहार पगेको थियो । किसान आन्दोलनमा नाममा जनमत पार्टीका कार्यकर्ताहरू मतदानस्थल तिर प्रवेश गर्न खोजेको र प्रहरीले उनीहरूलाई मतदान स्थल प्रवेश गर्नबाट रोक लगाएको स्रोतले जनाएको छ ।

Advertisement