November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

जनमत पार्टीका नेता कार्यकर्ताद्वारा सरकारी गाडीमा तोडफोड

जनकपुर । मधेश प्रदेशको जनकपुरधाममा जनमत पार्टीका नेता कार्यकर्ताले सरकारी गाडीमा तोडफोड गरेका छन् । सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईँ र उपमेयर रेणुका पौडेल चढेको सरकारी गाडीमाथि तोडफोड गरिएको हो ।

प्रहरीका अनुसार तोडफोडका क्रममा मेयरसहित तीन जना घाइते भएका छन् ।

मेयर र उपमेयर राष्ट्रिय सभा निर्वाचनमा मतदानका लागि जाँदै गर्दा जनमत पार्टीका नेता कार्यकर्ताले जनकपुरधाम उपमहानगरपालिका– ४ मा गाडी तोडफोड गरेका हुन् ।

Advertisement