November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीको भेटवार्ता भएको छ । विहीबार दिउँसो प्रधानमन्त्री देउवाले शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

उनीहरूबीच करिब १ घण्टा संवाद भएको बताइएको छ । ३ बजेदेखि चार बजेसम्म प्रधानमन्त्री र राष्ट्रपतिबीच संवाद भएको हो ।

भेटमा राष्ट्रपति र प्रधानमन्त्रीबीच महत्वपूर्ण विषयमा छलफल भएको जनाइएको छ ।

Advertisement