काठमाडौं । सत्तारूढ गठबन्धनका चार दलको बैठक आज फेरि बस्ने भएको छ । बिहान बसेको बैठक ठोस निष्कर्षमा पुग्न नसकेपछि अपराह्न ४ बजे फेरि बस्ने भएको हो।
शनिबार बिहान गठबन्धनका नेताहरूबीच स्थानीय निकायको निर्वाचनबारे बैठक बसेको थियो। तर, बैठक ठोस निष्कर्षमा पुग्न नसकेको नेताहरूले बताएका छन्।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको वैशाखमा गर्नुपर्ने प्रस्ताव गरेपछि त्यसबारे छलफल गर्न बैठक बसेको हो।
स्रोतअनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनबारे प्रस्ताव राखेको भए पनि सहमति नजुटेपछी फेरि बैठक बस्ने भएको हो ।