काठमाडौं । आज नेपाल र मरिससबीच दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भिडन्त हुँदैछ। खेल अपरान्ह ४:४५ बजे दशरथ रंगशालामा हुनेछ।
यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल १-० गोलले विजयी भएको थियो। नेपालको जितमा विमल घर्तिमगरले गोल गरेका थिए ।
नेपालले अफ्रिकी राष्ट्र मरिससँग पहिलो पटक प्रतिस्पर्धा गरेको हो।
खेलमा एन्फाले दर्शकलाई पनि प्रवेश दिनेछ। अनलाइनबाट टिकट काटेका दर्शकलाई खोप कार्ड देखाएपछि रंगशालामा प्रवेश दिइनेछ।