November 12, 2026, Thursday
२०८३ कार्तिक २७
1:37:26 pm

देश बिग्रिनुको पहिलो दोष राजनीतिज्ञहरूलाई जान्छ: मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले देश नेताहरूको कुदृष्टिको कारणले बिग्रिएको बताए । शुक्रवार पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा नेताहरूको कारण देश बिग्रिएको बताएका हुन् ।

देश बिग्रिनुको पहिलो दोष राजनीतिज्ञहरूलाई जाने भन्दै उनले नेताहरूको चरित्र असल भएको भए देशको यो हालत नहुने बताए ।

मन्त्री आलेले आजको दिनसम्म मन्त्रालय अन्तर्गतको विभिन्न अनियमितताहरूको अध्ययन गर्नमै आफ्नो समय खर्च भइरहेको बताए ।

Advertisement

राजनीतिक नियुक्ति दिलाउनका लागि बार्गेनिङ गर्ने गरेको देखेको पनि मन्त्री आललेले बतए । उनले मन्त्रीसँग आर्थिक बार्गेनिङ गरेर नियुक्त भएको मान्छेले काम नगर्ने र पैसा कमाउने मात्रै उद्देश्य राख्ने पनि आरोप लगाए ।

मन्त्री आलेले सबै अप्ठ्यारो कानुनहरूलाई संशोधन गरेर पर्यटन क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने बताए । सरकारले पर्यटकीय क्षेत्रको नयाँ गन्तव्य खोजी गरिरहेको भन्दै उनले ती गन्तव्यहरूको विश्वभर प्रचारप्रसार गरेर धेरै भन्दा धेरै पर्यटक भित्राउनु पर्नेमा जोड दिए ।